यो जिन्दगी - गजल नं १

बाढिको खोलो बगेजस्तो वेगको बहाव छ यो जिन्दगी
भगवानको मायाले ठगेजस्तो ठूलो तनाव छ यो जिन्दगी।

दुखले आँसु मागेजस्तो पिडाको शैलाव छ यो जिन्दगी
रुखभरी हाँगा लागेजस्तो भारको फैलाव छ यो जिन्दगी।

मृत शरीर जागेजस्तो चमत्कारको तालाब छ यो जिन्दगी
तर्सेको हरिण भागेजस्तो नथम्ने रक्तस्राव छ यो जिन्दगी।
...
गमलामा सजाउन राखेजस्तो काँडाको गुलाब छ यो जिन्दगी
विष पिउँदा अमृत चाखेजस्तो भ्रमको मिलाप छ यो जिन्दगी।।।

Comments

Popular Posts