बिना शीर्षक।

कविता लेख्न थाल्छु
कलम खाली पाउँछु
जिन्दगी साला खाली छ
म त यसैमा रमाउछु।

फोहोरी हुन्छु बासी हुन्छु
पन्ध्र दिन ननुहाई गन्हाउछु
जब आउछ मेरो दिन
सय बाल्टी पानी खनाउछु।

रित्तो रित्तो भाँडो
संसार भरि बनाउछु
खाली खाली जोबन
बैँसको अत्तर कनाउछु।

पोल्छ जब मुटुमा
हातले छोपी समाउछु
बेरोजगार जिन्दगिमा म
सुका पैसा कमाउछु।

Comments

Popular Posts